Translate

Sunday, March 1, 2026

खुटौनामा १५० जना नेता–कार्यकर्ता रास्वपामा प्रवेश


मधेशदूत समाचारदाता----
 सर्लाही,फाल्गुन १७

  सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका वडा नं. ६,खुटौनामा शनिबार विभिन्न राजनीतिक दल परित्याग गरी करिब १५० जना स्थानीय नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
   प्रवेश गर्नेहरूमा नेपाली कम्युनिष्ट पार्टी परित्याग गरेका राम अधार यादव तथा बहुजन एकता पार्टी का वडाअध्यक्ष प्रत्यासी मुकेश रमणलगायत रहेका छन् । उनीहरूले औपचारिक कार्यक्रमबीच रास्वपाको सदस्यता ग्रहण गरेका हुन् ।
  कार्यक्रममा बोल्दै नवप्रवेशी नेताहरूले पुराना दलबाट जनअपेक्षा पूरा हुन नसकेको भन्दै वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदायका रास्वपामा आवद्ध भएको बताएका छन् । 
    पछिल्लो समय सर्लाहीमा विभिन्न दलबाट नेता–कार्यकर्ताहरू रास्वपामा प्रवेश गर्ने क्रम बढ्दै गएको बताइएको छ ।

No comments:

Post a Comment