Translate

Monday, February 23, 2026

मलङ्गवामा सिसिटिभी जडानको माग ‘We Care We Can’द्वारा नगर प्रमुख समक्ष निवेदन

 



मधेशदूत समाचारदाता
सर्लाही, फाल्गुन १२

   सर्लाहीको सदरमुकाम मलंगवामा पछिल्लो समय बढ्दै गएको आपराधिक घटनालाई मध्यनजर गर्दै सिसिटिभी क्यामेरा जडान गर्न माग गरिएको छ। मलंगवाको एक सामाजिक संस्था We Care We Can ले सार्वजनिक सुरक्षा अभिवृद्धिका लागि पहल गर्न आग्रह गर्दै नगरपालिकाको ध्यानाकर्षण गराएको हो।
    संस्थाले मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादव समक्ष निवेदन पेश गर्दै नगरक्षेत्रका विभिन्न स्थानमा लुटपाट, चोरी, डकैती तथा ज्यानमार्ने जस्ता आपराधिक गतिविधि बढ्दै गएको उल्लेख गरेको छ। विशेषगरी रातिको समयमा सुरक्षाको अवस्था कमजोर बन्दै गएको र आम नागरिकको जीवन तथा सम्पत्तिमा जोखिम बढेको संस्थाको भनाइ छ।


    निवेदनमा सिसिटिभी क्यामेरा जडान गरिएमा अपराध नियन्त्रण तथा न्यूनीकरणमा सहयोग पुग्ने, अपराधी पहिचान गर्न सहज हुने, प्रहरी प्रशासनलाई अनुसन्धानमा मद्दत पुग्ने, नागरिकमा सुरक्षा अनुभूति बढ्ने तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा टेवा पुग्ने उल्लेख गरिएको छ।
   मुख्य चौक, बजार क्षेत्र, विद्यालय तथा अस्पताल वरिपरि, भीडभाड हुने स्थान र अन्य संवेदनशील क्षेत्रमा सिसिटिभी जडान गरी नियमित निगरानीको व्यवस्था मिलाउन संस्थाले माग गरेको छ। 
    नगरपालिकाबाट यस विषयमा शीघ्र सकारात्मक पहल हुने अपेक्षा गरिएको छ।

No comments:

Post a Comment