Translate

Tuesday, February 24, 2026

सर्लाही-२ मा जसपा नेपालका भरत चौधरीले तिब्र बनाए घरदैलो अभियान

 



मधेशदूत समाचारदाता---
सर्लाही ,फाल्गुन १३

    जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट सर्लाही क्षेत्र नम्बर २ का उम्मेदवार भरत चौधरीले चुनावी अभियानलाई तीव्रता दिएको छ। निर्वाचन नजिकिएसँगै उनी यतिबेला क्षेत्र न-२ को विभिन्न वडा र टोल-टोलमा पुगेर स्थानीयहरुसँग भेटघाट गर्दै घरदैलो कार्यक्रम  गरिरहेका छन् ।
   उम्मेदवार चौधरी आफ्ना पार्टीका समर्थकहरुसहित सम्बन्धित वडाहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् । घरदैलोका क्रममा उनले स्थानीय समस्याहरू, अधुरा विकास निर्माणका काम, शिक्षा–स्वास्थ्यको अवस्था तथा रोजगारीका विषयमा मतदातासँग छलफल गरेका छन् ।
   स्थानीय मतदातासँगको संवादका क्रममा उनले सर्लाही -२ लाई समृद्ध बनाउने स्पष्ट योजना आफूहरूसँग रहेको दाबी गरेका छन् । साथै उनले जसपा नेपालको छाता छापमा मतदान गरेर विजयी गराउन आग्रह गरेका छन् ।




No comments:

Post a Comment