ब्रम्हपुरीमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
मधेशदूत समाचारदाता---
सर्लाही, फाल्गुन १३
ब्रम्हपुरी गाउँपालिकाको आयोजनामा मंगलबार गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रम श्री सुबेदार नन्दलाल जनता माध्यमिक विद्यालय, भेल्हीको प्रांगणमा सम्पन्न भएको हो।
“वैदेशिक रोजगार : अवसर र चुनौती” विषयमा आयोजित प्रतियोगितामा ब्रम्हपुरी गाउँपालिका अन्तर्गतका सात वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो। कार्यक्रमको संयोजन नेपाल दलित सेवा समाज, मलंगवा र CDWN संस्थाले गरेका थिए।
प्रतियोगितामा श्री सुबेदार नन्दलाल जनता मावि कक्षा १० की छात्रा आरती दास प्रथम, सोही विद्यालयका कक्षा ९ का छात्र दिपेश सोनी द्वितीय र कक्षा ८ की छात्रा रितिका दास तृतीय भएका छन्। त्यसैगरी शिवन फुनिया माध्यमिक विद्यालयकी छात्रा नन्सु कुमारी यादव सान्त्वना भएकी छन्। विजेताहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। विद्यालयतर्फको नतिजाअनुसार प्रथम श्री सुबेदार नन्दलाल जनता मावि, द्वितीय सगरमाथा अंग्रेजी विद्यालय भेल्ही-२ र तृतीय जलधर कमलदेव मावि ब्रम्हपुरी–३ भएका छन्।
नेपाल दलित सेवा समाजका हाम्रो परियोजनाका प्रदेश संयोजक संजय मण्डलका अनुसार बुधबार “पालिकाको विकासमा युवाको भूमिका” विषयमा अन्तर मावि पालिका स्तरीय निबन्ध प्रतियोगिता तथा सुबेदार नन्दलाल मावि भेल्हीको प्रांगणमा विज्ञान प्रदर्शनी कार्यक्रम आयोजना गरिनेछ।
शिक्षक नवराज सुवेदीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजाराम चौधरीले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि राजिव शर्मा, विशिष्ट अतिथि नेपाल दलित सेवा समाजका कार्यकारी निर्देशक रामपृत पासवान, संजय मण्डल ,प्रअ सुवोध कुमार साह,CDWN की दिवानी घिमिरे, लगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
वक्तृत्वकला प्रतियोगितामा निर्णायक मण्डलको भूमिकामा शिक्षकहरु हेम नारायण झा, राम उचित राय र लोक बहादुर डाँगी रहेका थिए।
No comments:
Post a Comment