Translate

Monday, February 16, 2026

सेवामा समर्पित जन्मदिन: पत्रकार बन्दना झाको उदाहरणीय पहल



मधेशदूत समाचारदाता---
सर्लाही,फागुन ४

    हरेक वर्षझैं यस वर्ष पनि पत्रकार बन्दना झाले आइतबार आफ्नो जन्मदिन सामाजिक सेवामार्फत मनाएकी छन्। उनले प्रादेशिक अस्पताल मलंगवामा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गर्नुका साथै बालमन्दिर मलंगवाको बालगृहमा आश्रित बच्चाहरुलाई एक छाक भोजन गराएकी हुन्।
    बालगृहमा जन्मदिन मनाउन पाउँदा आफूलाई सुखद अनुभूति भएको बताउँदै पत्रकार झाले सामाजिक उत्तरदायित्व निर्वाह गर्नु नै जन्मदिनको साँचो अर्थ भएको धारणा व्यक्त गरिन्। साथै यस विशेष दिनलाई थप अर्थपूर्ण बनाइदिने जिल्लाभरका सञ्चारकर्मी साथीहरूप्रति आभार प्रकट गर्दै अग्रज तथा सहकर्मी।सञ्चारकर्मीहरूबाट पाएको साथ र आत्मीयताले आगामी दिनमा अझ जिम्मेवार र सशक्त भएर पत्रकारितामा सक्रिय रहने अठोट गरेको उनले बताइन्।


   उक्त अवसरमा पत्रकार झाले बालमन्दिरका अध्यक्ष शमिमबाबु खान र लेखापाल राम लखन महतो लाई सहयोग र सहकार्यका लागि विशेष धन्यवाद व्यक्त गरेकी छन्।
   पत्रकार झा मलंगवाबाट सर्लाही अपडेट दैनिक पत्रिकाको संचालन गर्दै आएकी छिन भने मिडिया काउन्सिल मधेश प्रदेशको सदस्य पदमा समेत रहेकी छिन् ।हाल उनी पत्रकार महासंघ सर्लाही शाखाकी महिला उपध्यक्ष पनि हुन्।

No comments:

Post a Comment