सर्लाही क्षेत्र न–१ : नेकपा उम्मेदवार प्रमोद साह घरदैलो अभियानमा सक्रिय
मधेशदूत समाचारदाता---
सर्लाही,फाल्गुन ५
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नं. १ का नेकपाका उम्मेदवार प्रमोद साहले घरदैलो अभियानलाई तीव्र बनाएका छन्।
निर्वाचन नजिकिँदै जाँदा साह गाउँ–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना नीति, कार्यक्रम र प्रतिबद्धता प्रस्तुत गरिरहेका छन्।
घरदैलोको क्रममा साहले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। “स्थानीय समस्या समाधानका लागि स्थानीयकै सहभागिता आवश्यक छ,” उनले मतदातासँग संवाद गर्दै भने, “जनताको विश्वास र सुझावलाई नीतिगत निर्णयमा समेट्नेछु।”
अभियानका क्रममा साहले युवा, महिला, किसान र व्यवसायीहरूसँग छुट्टाछुट्टै अन्तर्क्रिया समेत गरेका छन्। युवाका लागि सीपमूलक तालिम र रोजगारी सिर्जना, किसानका लागि मल–बीउ र सिँचाइ व्यवस्थामा सुधार, तथा स्वास्थ्य सेवामा पहुँच विस्तार आफ्नो प्राथमिकता रहेको उनले बताए।
स्थानीयवासीले उम्मेदवार साहको सक्रियता र सरल व्यवहारको प्रशंसा गर्दै विकास र सुशासनका विषयमा स्पष्ट दृष्टिकोण प्रस्तुत गर्न आग्रह गरेका छन्। साहले निर्वाचनपछि पनि जनतासँग निरन्तर संवाद कायम राख्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
घरदैलो अभियान सर्लाही क्षेत्र न–१ का सबै वडामा निरन्तर जारी रहने साहले जनाएको छ।
No comments:
Post a Comment