सर्लाही क्षेत्र नं–२ मा जनताको मन जित्दै जसपा उमेदवार भरत चौधरी
मधेशदूत समाचारदाता----
सर्लाही, फाल्गुन ११
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सर्लाही क्षेत्र नं–२ मा जनता–केन्द्रित राजनीति झन् सक्रिय बन्दै गएको छ। विभिन्न गाउँ–टोलमा मतदातासँग प्रत्यक्ष भेटघाट र संवादलाई प्राथमिकता दिँदै उम्मेदवारहरू घरदैलो अभियानमा जुटेका छन्।
यसैक्रममा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार भरत चौधरीले व्यापक घरदैलो तथा जनसंवाद कार्यक्रम सञ्चालन गर्दै स्थानीय बासिन्दाको मन जित्न सफल भएका छन्।
कार्यक्रमको क्रममा ब्रम्हपुरी गाउँपालिकाको नोकैल्वालगायत आसपासका गाउँ-टोल पुगेर उमेदवार चौधरीले कृषक, महिला, युवा तथा ज्येष्ठ नागरिकसँग प्रत्यक्ष संवाद गरेका छन्। उनले जनताको समस्या सुन्ने मात्र नभई समाधानका लागि स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।
“जनताको माग र आवश्यकता बुझेर मात्रै सही नीति निर्माण गर्न सकिन्छ,” भन्दै उनले जनआवाजलाई नै आफ्नो राजनीतिक यात्राको आधार बनाएको स्पष्ट पारे।
स्थानीय विकास, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै उनले समावेशी र समान अवसरयुक्त समाज निर्माण गर्ने प्रतिवद्धता जनाएका छन्।
घरदैलो अभियानमा स्थानीय बासिन्दाबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताइएको छ। मतदाताहरूले विकासमुखी सोच र जनतासँगको नजिकको सम्बन्धलाई सकारात्मक रूपमा लिएको देखिन्छ। निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नं–२ मा चौधरीको सक्रियता र जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको छ।
No comments:
Post a Comment