Translate

Wednesday, February 18, 2026

बाँके-संग्रामपुर सडकमा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु,दुईजना घाइते

 


मधेशदूत समाचारदाता----
सर्लाही, फाल्गुन ७

    सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ बाके–संग्रामपुर सडकखण्डको ठिल्ला नजिक तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
    प्रहरीका अनुसार बुधबार बेलुका करिब ८ बजे BR 30 AR 3458, BR 30 AP 3809 र HP 55 C 0623 नम्बरका मोटरसाइकलहरु दुर्घटनामा परेको खबर पाएपछि घटनास्थल पुगेका प्रहरी टोलीले घाइते चार जनालाई एम्बुलेन्समार्फत लालबन्दीस्थित मोडल अस्पताल पठाइएको थियो।
    तीमध्ये गम्भीर घाइते हरीपुर्वा नगरपालिका-९ मिर्चैया बस्ने सिंगेश्वर रायको छोरा अन्दाजी वर्ष ३० को मुकेश राय र सोही ठाउँका रामछबिला रायका छोरा अन्दाजी वर्ष ३० को रामज्ञान रायको अवस्था गम्भीर भएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा चिकित्सकले राति १० बजेपछि दुवै जनालाई मृत घोषणा गरेका हुन्।
   दुर्घटनामा हरिपुर्वा-९ कै भरोसी रायको छोरा अन्दाजी वर्ष २२ को विक्रम राय र वर्ष ४२ को राम विश्वास राय सामान्य घाइते भएका छन्। उनीहरूलाई  उपचारपछि प्रहरीले नियन्त्रणमा राखेको छ।
   तीनै वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी सरोज राईले जनाएको छ।

No comments:

Post a Comment