Translate

Tuesday, February 17, 2026

सर्लाही–२ मा डा. सरोज कुमारको समावेशी एजेन्डा, महिला र यौनिक अल्पसङ्ख्यकसँग प्रत्यक्ष संवाद



मधेशदूत समाचारदाता----
सर्लाही, फाल्गुन ५

   नेपाली कांग्रेसका सर्लाही निर्वाचन क्षेत्र नम्बर २ का युवा उम्मेदवार डा. सरोज कुमारले महिला तथा यौनिक अल्पसङ्ख्यक समुदायसँग प्रत्यक्ष संवाद गरेका छन्।
    कार्यक्रममा सहभागी महिलाहरू र यौनिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधिहरूले महिला स्वास्थ्य, गुणस्तरीय शिक्षा, रोजगारीका अवसर, समान सहभागिता तथा पहिचान सुनिश्चित गर्नुपर्ने विषयमा धारणा राखेका थिए। संवादका क्रममा यी विषयहरूलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा सबैले एकमत व्यक्त गरेका छन्।
     उम्मेदवार डा. सरोज कुमारले महिलाहरू र यौनिक अल्पसङ्ख्यक समुदायले भोग्दै आएका सामाजिक, आर्थिक तथा मानसिक चुनौतीहरूलाई नजिकबाट बुझ्ने प्रयास गरिएको बताउँदै समावेशी नीति र व्यवहारिक कार्यक्रममार्फत उनीहरूको अधिकार सुनिश्चित गरिने प्रतिबद्धता जनाए।
    उनले संविधानले दिएको समानता र अधिकार व्यवहारमा उतार्न राजनीतिक इच्छाशक्ति आवश्यक रहेको उल्लेख गर्दै, निर्वाचित भएमा महिला तथा यौनिक अल्पसङ्ख्यक समुदायका मुद्दालाई संसदमा प्राथमिकताका साथ उठाउने आश्वासन दिएका छन्।
   कार्यक्रम सहभागीहरूले यस्तो प्रत्यक्ष संवादले आफ्ना समस्या र अपेक्षा नेतृत्वसम्म पुर्‍याउन सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।

No comments:

Post a Comment