SRHR तथा मातृ–प्रजनन स्वास्थ्यमा नीति–संवाद
मधेशदूत समाचारदाता---
मलंगवा, बिहीबार २६
कौडेना गाउँपालिकाले स्वास्थ्य नीति २०८० अनुसार यौन र प्रजनन स्वास्थ्य अधिकार (SRHR) तथा मातृ–प्रजनन स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि नीति–संवाद कार्यक्रम आयोजना गरेको छ।
उक्त कार्यक्रम कौडेना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दासको अध्यक्षता तथा उपाध्यक्ष नगीना देवी प्रमुख अतिथ्यतामा मलंगवास्थित सुजाता होटलमा सम्पन्न भएको थियो। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख प्रमोद ठाकुर, शिक्षक, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिती रहेको थियो।
आर.आर.पी.के र प्लान इन्टरनेशनलको साझेदारीमा संचालित आमा परियोजना अन्तर्गत आयोजित कार्यक्रममा परियोजना संयोजक जयनेन्द्र कुमार साहले कार्यक्रमको उद्देश्यबारे जानकारी दिएका थिए।
उनले यस कार्यक्रम मार्फत गाउँपालिकास्तरमा SRHR तथा मातृ–प्रजनन स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि रणनीतिक कार्ययोजना तयार गर्ने पहल सुरु गरिएको बताएका छन् ।
No comments:
Post a Comment