Translate

Sunday, December 21, 2025

गोडैता नगरपालिका सुनचाँदी व्यवसायी इकाई नगर संघको अध्यक्षमा सुबासकुमार साह चयन

 


मधेशदूत समाचारदाता---
सर्लाही, पुस ६

  गोडैता नगरपालिका सुनचाँदी व्यवसायी इकाई नगर संघका सुनचाँदी व्यवसायीहरूको उपस्थितिमा शनिबार गोडैता बजारमा बैठक सम्पन्न भएको छ। उक्त बैठकबाट सर्वसम्मतिले सुबास कुमार साहको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
   नव गठित संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा धर्मेन्द्र साह र शम्भु साह चयन भएका छन्। त्यसैगरी सचिवमा मनोज साह र कोषाअध्यक्षमा दयाराम साह चयन भएका छन्।
    त्यस्तै सदस्यहरूमा निरंजन साह, करण साह, राजन साह, छोटेलाल साह र दिपेन्द्र साह चयन भएका छन् । एक जना सदस्य भने पछि थप गरिने जनाइएको छ।
   बैठकमा उपस्थित व्यवसायीहरूले सुनचाँदी व्यवसायलाई व्यवस्थित बनाउने, व्यवसायीहरूको समस्या समाधान गर्ने र आपसी सहकार्य बढाउने विषयमा छलफल गरेका थिए। नवनिर्वाचित कार्यसमितिले सबै व्यवसायीको हितका लागि काम गर्ने बताएको छ।

No comments:

Post a Comment