Translate

Friday, December 12, 2025

नक्कली नोटसहित एक युवक पक्राउ

 




मधेशदूत समाचारदाता----
सर्लाही ,मंसिर २६

    सर्लाहीको विष्णु गाउँपालिका–६ स्थित नेपाल–भारत सीमाक्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा कौडेना गाउँपालिका–५, छपकैया निवासी ३० वर्षीय फिरोज खान रहेका छन्।
    प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काका अनुसार खानको साथबाट नेपाली रुपैयाँ हजार–हजार दरका ९५ थान नक्कली नोट बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय सिमरा फेन्हराबाट खटिएको गस्ती टोलीले भारततर्फबाट अनटेष्ट मोटरसाइकलमा सिमरातर्फ आइरहेका खानलाई शंका लागेको भन्दै रोक्दा शरीर तलासीक्रममै नक्कली नोट भेटिएको थियो।नोटहरू गोजीमा लुकाएर ल्याइएका थिए। 
    उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment