Translate

Thursday, December 25, 2025

मलंगवामा तुलसी पूजा दिवस : नगर परिक्रमा र तुलसी रोपण

 


मधेशदूत समाचारदाता---
मलंगवा,पुस १०

   हिन्दु धर्ममा पवित्र मानिने तुलसीको महत्व उजागर गर्ने उद्देश्यले तुलसी पूजा दिवस मलंगवामा विशेष कार्यक्रमसहित मनाइएको छ। उक्त कार्यक्रम हिन्दु सम्राट सेना नेपाल, मलंगवाको आयोजनामा सम्पन्न भएको हो।
    बिहीबार तुलसी पूजा दिवसको अवसरमा मलंगवा नगरपालिका वडा नं. २ अन्तर्गत विभिन्न स्थानको परिक्रमा गरिएको थियो। परिक्रमामार्फत धार्मिक चेतना फैलाउँदै सहभागीहरू झण्डा बजारस्थित चौकमा भेला भएका थिए। सो अवसरमा त्यहाँ तुलसीको मठ निर्माण गरी वैदिक विधिअनुसार तुलसी रोपण तथा पूजा सम्पन्न गरिएको छ।


    कार्यक्रममा हिन्दु सम्राट सेना मलंगवाका पदाधिकारी तथा सदस्यहरूका साथै स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले धार्मिक परम्पराको संरक्षण र सामाजिक सद्भाव कायम राख्न यस्ता कार्यक्रम आवश्यक रहेको बताएका छन्।


  आयोजकले यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्।

No comments:

Post a Comment