सर्लाहीमा दुईवटा सवारी दुर्घटना, घाइतेहरू हेलिकप्टरमार्फत काठमाडौं पठाइयो
मधेशदूत समाचारदाता---
सर्लाही,मंसिर १
सर्लाहीमा आइतवार दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनाका घाइतेहरूलाई थप उपचारका लागि हेलिकप्टर द्वारा काठमाडौं पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ब्रम्हपुरी गाउँपालिका- २ धर्मपुर टोलमा बिहान बयलवासबाट मलंगवातर्फ जाँदै गरेको ना ४१ प ३३०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटन हुँदा मोटरसाइकलमा सवार ईश्वरपुर नगरपालिका वडा न- ७ बयलवासका २० वर्षीय उमर मिकरानी टाउकोमा चोट लागेर घाइते भएका थिए। उनलाई प्रारम्भिक उपचारपछि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो।
त्यसैगरी,सोही दिन दिउँसो चन्द्रनगर गाउँपालिका वडा न-२ बिर्ता नजिक प्रदेश २ ०२ ००१ त २२४१ नम्बरको ट्याक्टर र प्रदेश २ ०३ ०१३ प १९९७ नम्वरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका वडा न-३ बडकुर्वाका २८ वर्षीय अक्षय कुमार सिंह कुशवाहा घाइते भएका थिए । उनलाई पनि बयलवासमा सामान्य उपचारपछि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो । प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्याक्टर नियन्त्रणमा रहेको छ भने चालक फरार छन्।
दुबै घटनाका घाइतेहरुको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ।
No comments:
Post a Comment