Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520
भारतीय शुरक्षाकर्मीद्वारा २२ किलो गाँजासहित तीन नेपाली तस्कर पक्राउ
"सिमापारीको खबर"
मधेशदूत समाचारदाता----
सोनबरसा(भारत),कात्तिक ३०
भारतको सितामढी जिल्ला , सोनबरसा स्थित एसएसबी 51 बटालियनका जवानहरूले सीमा क्षेत्रमा गस्तीका क्रममा शनिवार अलग–अलग स्थानबाट २२ किलो गाँजासहित तीन नेपाली तस्करलाई पक्राउ गरेका छन्।
पक्राउ पर्नेहरुमा सर्लाहीको नोकैल्वा गाउँका अनुरोध कुमार, संग्रामपुर वडा न-२ का उपेन्द्र पासवान र महोत्तरीको लक्ष्मीनिया वडा न–७ का सुकेश कुमार रहेका छन्।
एसएसबीका सहायक सेना नायक पवन खराटेका अनुसार नेपालबाट भारततर्फ गाँजा ल्याइँदै गरेको भन्ने गोप्य जानकारी पाएपछि इन्दरवा बीओपीका जवानले पीलर नम्बर 319 नजिक घेराबन्दी गरेका थिए। सो क्रममा झोला बोकेर हिँडिरहेका तस्करलाई रोक्दा झोलाबाट १५ किलो गाँजा फेला परेको थियो।
यस्तै, नरकटिया बीओपीका जवानले पीलर नम्बर 322, गोगा नदी पुल नजिक नेपालको सखुअवा तर्फबाट आइरहेको बिना नम्बरको टीभीएस अपाचे मोटरसाइकल रोकेर जाँच गर्दा मोटरसाइकलमा बाँधिएको झोलाबाट ७ किलो गाँजा बरामद भएको जनाइएको छ।
बरामद गरिएको गाँजा र मोटरसाइकलसहित तीनै जनालाई एसएसबीले सोनबरसा थाना बुझाएको छ। थानाध्यक्ष धर्मेन्द्र कुमारका अनुसार तिनै जनामाथि मादक द्रव्य एवं मनोतेज पदार्थ अधिनियम धारा सम्बन्धी मुद्दा दर्ता गरी न्यायिक हिरासतमा पठाइएको छ।
No comments:
Post a Comment