गुडिरहेको स्कार्पियोमा आगलगी, चालकको ज्यान जोगियो
 |
प्रतीक फोटो |
मधेशदूत समाचारदाता---
सर्लाही,मंसिर ३
सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ बाँके जंगलको तेस्रो लच्कामा मंगलबार मध्यराति एक स्कार्पियोमा आकस्मिक आगलगी भएको छ। जनकपुरबाट चितवनतर्फ जाँदै गरेको म.प्र.०२–००१ च ११४१ नम्बरको स्कार्पियो १२:४५ बजेतिर अचानक बर्नट भएर आगो सल्किएको प्रहरीले जनाएको छ।
घटना पछि प्रहरी चौकी फुलजोर र इलाका प्रहरी चौकी केशरगंजबाट तत्काल खटिगएको टोलीले राति १:२० बजेतिर पूर्ण रूपमा आगो नियन्त्रणमा लिएका थिए।
आगलगीको समयमा स्कार्पियो भित्र रहेका चालक, जनकपुर उपमहानगरपालिका–१४ रजउलका २७ वर्षीय गौतम साह सकुशल रहेका छन्। आगलगीकै बीच उनी बाहिर निस्किन सफल भएकाले ठूलो दुर्घटना हुनबाट बचेको प्रहरीले जनाएको छ।
चालकलाई थप अनुसन्धानका लागि इप्रका केशरगंजमा राखिएको छ।
No comments:
Post a Comment