जानकी मन्दिरका महन्थ द्वारा मलंगवामा आधारभूत विद्यालय अवलोकन तथा विद्यार्थीहरुलाई सामाग्री वितरण
मधेशदूत समाचारदाता----
सर्लाही , कात्तिक १८
जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैरागीले सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न–९ मा रहेको श्री आधारभूत विद्यालयको सोमबार अवलोकन तथा निरीक्षण गरेका छन् । अवलोकनको क्रममा उनले विद्यालय परिसरमा रहेको राम–जानकी मन्दिरमा पूजाअर्चना गर्दै विद्यालयले धर्म, संस्कार र आधुनिक शिक्षाको संयोजनमा गरेको प्रगतिको उच्च प्रशंसा समेत गरेका छन् ।
वडा न-९ वडा अध्यक्ष चन्देश्वर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सन्तोष कर्णले प्रमुख अतिथि महन्थ वैरागीलाई भगवान गणेशको प्रतिमा हस्तान्तरणसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए। सोही अवसरमा विद्यालयका अभिभावकसमेत रहेकाका चन्दादाता डा. पुरुषोत्तम झाको निरन्तर सहयोगको प्रशंसा गर्दै महन्थ वैरागीले विद्यालय र विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरेका थिए।
विद्यालयको प्रगति र त्यहाँ अध्यनरत विद्यार्थीको अनुशासन बाट प्रभावित भएका प्रमुख अतिथि महन्थ वैष्णवीले बालबालिकाको लागि ५० जोडी जुत्ता–मोजा र ३० थान औजार बक्स विद्यालयलाई हस्तान्तरण गरे।
कार्यक्रममा विद्यालयका प्रअ कर्णले विद्यालयको उपलब्धि, आगामी योजना र अभिभावक–शिक्षक सहकार्यको महत्वबारे जानकारी दिँदै विद्यालयको सफलतामा डा. झा, नगरपालिकाको सहयोग र शिक्षकहरूको मिहिनेत प्रमुख कारण रहेको बताए।
कार्यक्रममा पब्लिक मावि मलंगवा-२ का प्र.अ. सुभाष यादव, मावि सुन्दरपुरका शिक्षक जितेन्द्र कर्ण, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरी, शिक्षा समिति सदस्य जयरुद्र मिश्र, वडा सदस्य लखन राय, शिक्षा प्रेमी कमलेश कर्ण, चित्रगुप्त सेवा समितिका अध्यक्ष सुधिर कर्ण, मिथिला प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र लाल कर्ण, पूर्व प्रधानाध्यापक बद्री मिश्र, समाजसेवी सुमन रञ्जन लगायत शिक्षक,शिक्षिका, अभिभावक, विद्यार्थी, स्थानीय बुद्धिजीवी र पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता गर्नु भएका वडाअध्यक्ष यादवले विद्यालयले गरेको प्रशंसनीय कार्यको सराहना गर्दै आगामी दिनमा वडा कार्यालयको तर्फबाट निरन्तर सहयोग र साथ रहने प्रतिबद्धता जनाएका थिए।
सोही दिन महन्थ वैरागी गोडैता नगरपालिकामा आयोजना गरिएको बिधापति समारोहमा समेत सरिक भएको प्रअ कर्णले जानकारी दिएका छन् ।
No comments:
Post a Comment