Translate

Sunday, November 30, 2025

इन्दुशंकर चिनी उद्योगमा डोंगा पूजा सम्पन्न पुसको पहिलो सातादेखि क्रसिङ्ग सुरु

 



मधेशदूत समाचारदाता---
सर्लाही, मंसिर १५

  सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले आगामी क्रसिङ सिजनलाई लक्षित गर्दै आइतवार विशेष विधिबाट डोंगा पूजा सम्पन्न गरेको छ। उत्पादन क्षमता बढाउने योजनासहित गरिएको यो समारोहसँगै उद्योगको नयाँ सिजनको।लागि  तयारी औपचारिक रूपमा सुरु भएको छ।
  उद्योगका उखु प्रबन्धक योग नारायण रजकका अनुसार पुसको पहिलो सातादेखि मिल सञ्चालनमा ल्याउने गरी तयारी तीव्र बनाइएको छ। यस वर्ष उद्योगले करिब ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ, जुन गत वर्षको ३० लाख ४० हजार क्विन्टल भन्दा उल्लेखनीय रूपमा बढी हो।
  उद्योगका प्रशासकीय प्रमुख ठाकुर प्रसाद नेपालले गत वर्षको तुलनामा साढे चार लाख क्विन्टल बढी उखु प्रशोधन गर्ने लक्ष्य राखिनुले किसान तथा उद्योग दुवैतर्फ सकारात्मक माहोल रहेको बताए। उखु उत्पादन र आपूर्तिको अनुमान बलियो देखिएकाले क्षमता विस्तारको तयारी गरिएको उनको भनाइ छ।
    उद्योग परिसरमा आयोजना गरिएको डोंगा पूजा कार्यक्रममा उद्योगपति राजेश केडिया, हरिवन नगरपालिका प्रमुख रमेश बुढाथोकी (कमल), गोडैता नगरपालिका प्रमुख देवेन्द्र यादव, नेपाल उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु राय, उद्योगका प्राविधिक, मजदुर तथा स्थानीय उखु किसानको उपस्थिति रहेको थियो।
  उद्योगले यस्तै नियमित धार्मिक तथा सांस्कृतिक विधिबाट प्रत्येक वर्ष क्रसिङ सिजनको प्रारम्भ गर्दै आइरहेको छ। यस वर्षको लक्ष्य प्राप्ति भए उद्योगको उत्पादन र किसानको आम्दानी दुवै बढ्ने अपेक्षा गरिएको छ।

No comments:

Post a Comment