उसी खेलेर उठेको रकमबाट लक्षित वर्गलाई साडी वितरण
मधेशदूत समाचारदाता---
सर्लाही, कात्तिक १७
सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको उदाहरण प्रस्तुत गर्दै मलंगवाको We Care We Can नामक एक गैरसरकारी संस्थाले देउसी खेलेर संकलन भएको रकमबाट लक्षित वर्गका महिलाहरुलाई साडी वितरण गरेको छ।
यस वर्षको देउसी कार्यक्रम–२०८२ बाट संकलित सहयोग रकम प्रयोग गरी मलंगवा नगरपालिकाका विपन्न, दलित, एकल महिला तथा शारीरिक रूपमा अपाङ्ग भएका ८३ घरपरिवारलाई साडी वितरण गरेको छ।
संस्थाका अनुसार, देउसी कार्यक्रममार्फत संकलित रकमलाई समाजका कमजोर वर्गका महिलाहरूको सहयोगका लागि प्रयोग गर्ने उद्देश्य राखिएको थियो। सोही अनुरूप आवश्यक सर्वेक्षण गरी छनोट भएका लक्षित वर्गका महिलाहरुलाई एक-एक थान साडी वितरण गरिएको हो।
साडी प्राप्त गर्ने लाभग्राहीहरूले संस्था प्रति कृतज्ञता व्यक्त गर्दै यस्ता सहयोगले मनोबल वृद्धि हुने बताएका छन्।
No comments:
Post a Comment