Translate

Tuesday, November 18, 2025

अमरेश कुमार सिंह समूह छाडेर सर्लाहीका एक दर्जनबढी नेता–कार्यकर्ता जनमतमा प्रवेश

 



मधेशदूत समाचारदाता---
सर्लाही, मंसिर ३

    जनमत पार्टीले सर्लाही क्षेत्र नम्बर ४ मा आफ्नो संगठन विस्तारलाई थप सुदृढ बनाउँदै अमरेश कुमार सिंहको स्वतन्त्र समूहबाट एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरेको छ।
  मंगलबार राजविराजमा आयोजित विशेष कार्यक्रममा जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सी.के. राउत प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको अध्यक्षता केन्द्रिय सदस्य राकेश मिश्रले गरेका थिए भने विशेष उपस्थिति तथा पहल जनमत पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य संजय कुमार सिंहको रहेको थियो।
   सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत गोडैता नगरपालिकाका मेयर प्रत्याशी श्याम बाबू साहसहितका नेता कार्यकर्ताहरु नेता सिंहको समूह छाडेर औपचारिक रूपमै जनमत पार्टी प्रवेश गरेका हुन्। उक्त  कार्यक्रम सप्तरी जिल्लास्थित जनमत पार्टी कार्यसमिति कार्यालयमा सम्पन्न भएको पार्टीले जनाएको छ।
    पार्टीले यसलाई संगठन विस्तारका लागि महत्वपूर्ण उपलब्धि भएको र आगामी चुनावी तयारीमा यसले प्रभावकारी भूमिका पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

No comments:

Post a Comment