Translate

Saturday, November 1, 2025

सामुदायिक वन डाटा पोर्टल सम्बन्धी तालिम

 



मधेशदूत समाचारदाता---
सर्लाही,कार्तिक १६

    सर्लाहीको बागमती मा सामुदायिक वन डाटा पोर्टल सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सर्लाहीको आयोजनामा तालिम सम्पन्न भएको हो ।
   “स्थानिय सरकार तथा स्थानिय स्तरका समन्वयात्मक कार्यहरूबाट नेपालमा सामुदायिक वन अधिकार सुनिश्चितता” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त तालिममा बागमती नगरपालिका (सर्लाही) र चन्द्रपुर नगरपालिका (रौतहट) मा कार्यरत वन प्राविधिकहरू सहभागी रहेका थिए।
   कार्यक्रम महासंघ सर्लाहीका अध्यक्ष सिताराम पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो। महासंघका उपाध्यक्ष प्रल्हाद बुढाथोकीका अनुसार तालिममा १५ जना वन प्राविधिक तथा महासंघका पदाधिकारीहरू सहभागी रहेका थिए।
  तालिमका प्रशिक्षक, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका वन प्राविधिक सुजन खनाल र आईटी प्रमुख सन्देश चौधरीले सामुदायिक वन डाटा व्यवस्थापन, तथ्यांक संकलन, र डिजिटल प्रविधि मार्फत वनसम्बन्धी डाटा सुरक्षित राख्ने तरिका लगायतका विषयमा सहजीकरण गरेका थिए। उनीहरूले सामुदायिक वनको दिगोपन, पारदर्शिता, तथा प्रभावकारी व्यवस्थापनका लागि डिजिटल डाटा पोर्टलको प्रयोग अत्यावश्यक भएको उल्लेख गरेका थिए।
  कार्यक्रममा सर्लाही र रौतहट जिल्लाका महासंघका पदाधिकारी, केन्द्रीय सदस्य पार्वती विश्वकर्मा, बेदहरि दाहल लगायतको सहभागिता रहेको महासंघ सर्लाहीका उपाध्यक्ष प्रल्हाद बुढाथोकीले जनाएको छ।

No comments:

Post a Comment