HOME

Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520

Saturday, November 15, 2025

मलंगवामा सात दलको मसाल जुलुस, मुख्यमन्त्री नियुक्ति असंवैधानिक भन्दै विरोध प्रदर्शन




मधेशदूत समाचारदाता----
सर्लाही, कात्तिक ३०

  मधेस प्रदेशमा उत्पन्न राजनीतिक विवादका बीच सात राजनीतिक दलले शनिवार साँझ सर्लाहीको सदरमुकाम मलंगवामा मसाल जुलुस निकालेर विरोध प्रदर्शन गरेका छन्।
   प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले केही दिनअघि संविधान विपरीत एमालेका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको आरोप आन्दोलित दलहरूले लगाउँदै आएका छन् । यही निर्णयको विरोधस्वरूप मसाल जुलुस निकालिएको जनता समाजवादी पार्टी (जसपा) सर्लाहीका अध्यक्ष रणधीर यादवले जानकारी दिए।
    मलंगवा -१० स्थित जिविस चौकबाट सुरु भएको मसाल जुलुस पुरानो बसपार्क , बालमन्दिर चौक हुँदै नगरपालिका चौकमा पुगेपछि प्रहरीले रोक्ने प्रयास गर्दा केहीबेर प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो।
  आन्दोलित दलहरूले संविधानअनुसार पुनः नयाँ मुख्यमन्त्री नियुक्त गर्न सरकारसँग तत्काल माग गरेका छन्। सातदल द्वारा आइतवार सरकारलाई खबरदारी गर्ने कार्यक्रम रहेको जनाइएको छ।

No comments:

Post a Comment