मोटरसाइकल दुर्घटनामा तीनजना घाइते
मधेशदूत समाचारदाता---
सर्लाही, असोज २२
सर्लाहीको हरिपुर्वा नगरपालिका–५ स्थित बाइपास सडकमा मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा तीनजना घाइते भएका छन्।
प्रहरीले दिएको जानकारी अनुसार रामकुटी मन्दिर नजिक सडक पेटीमा बसिरहेका सोही वडाका रामजिनिश राम र मन्तोरिया देवी रामलाई बि.आर ०६ डब्लू ५९३४ भारतीय नम्बर प्लेटको पैशन प्रो मोटरसाइकलले ठक्कर दिँदा दुबै जनाको ढाँड र खुट्टामा गम्भीर चोट लागेर घाइते भएको हो।
मोटरसाइकल चालक ब्रह्मपुरी गाउँपालिका–६ का राजेश यादव पनि दुर्घटनामा परि घाइते भएका छन्। घाइते तीनैजनालाई प्राथमिक उपचारपछि महोत्तरीको जानकी हेल्थ केयरमा थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
No comments:
Post a Comment