Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520
मधुवनीमा छठ वर्तालु महिलालाई साडी वितरण
मधेशदूत समाचारदाता---
सर्लाही, कात्तिक ९
छठ पर्वको अवसरमा सर्लाहीको गोडैता नगरपालिका–१२ मधुवनीका वर्तालु महिलाहरूमाझ आइतवार साडी वितरण गरिएको छ।
सो वडाका वडाअध्यक्ष केशव कुमारले विगत आठ वर्षअगाडिदेखि नै छठ पर्वमा आफ्नो वडाका वर्तालु महिलाहरुलाई साडी वितरण गर्दै आएका छन्। सोही परम्परालाई निरन्तरता दिंदै यस वर्ष पनि उनले आफ्नै निजी खर्चमा वडाभित्रका ६४२ जना महिलाहरुलाई साडी वितरण गरेका हुन्।
स्थानीय सुधिर पासवानले उदघोषण गरेको साडी वितरण कार्यक्रममा गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादव, मेयर प्रत्यासी गजेन्द्र यादव, पूर्व वडाध्यक्ष भोला महतो कोइरी, वडा सदस्यहरू, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
नियम निष्ठाले मनाइने छठ पर्वले आपसी एकता, श्रद्धा र सामाजिक सद्भावको सन्देश दिएको बताउँदै केशवले आगामी वर्षहरूमा पनि यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
No comments:
Post a Comment