HOME

Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520

Saturday, October 25, 2025

टाँडीमा दुई पुर्व मन्त्रीहरुले गरे एकैसाथ दुई नवनिर्मित विद्यालय भवनको उद्घाटन




मधेशदूत समाचारदाता–––
सर्लाही, कात्तिक ८

   सर्लाहीको बरहथवा नगरपालिका–८, आनन्दनगर टाँडीस्थित श्री माध्यमिक विद्यालयमा नव–निर्मित दुईवटा भवनको दुई पुर्व मन्त्रीहरु द्वारा संयुक्त रूपमा उद्घाटन गरिएको छ।
  शनिवार आयोजित एक विशेष समारोहका बीच पूर्व रक्षामन्त्री हरि उप्रेती र मधेश प्रदेशका पूर्व अर्थमन्त्री संजय कुमार यादवले भवनहरूको उद्घाटन गरेका हुन्।


    विद्यालयका अनुसार संघीय शहरी विकास मन्त्रालयबाट आर्थिक वर्ष २०८०/०८१ मा प्राप्त ५६ लाख रुपैयाँको लागतमा दुई तल्ले चार कोठे भवन तथा  शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेशबाट प्राप्त २५ लाख रुपैयाँ र विद्यालयको आन्तरिक स्रोतबाट एक तल्ले दुई कोठे भवनको निर्माण सम्पन्न गरिएको छ। 


   उद्घाटन समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पूर्व रक्षामन्त्री उप्रेती प्रमुख अतिथि तथा  पूर्व अर्थमन्त्री यादव र बरहथवा नगरपालिकाका नगरप्रमुख कल्पना कुमारी कटुवाल विशिष्ट अतिथि रहेका थिए।


   कार्यक्रममा पालिकाका उपप्रमुख, विभिन्न वडाका वडाअध्यक्ष, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, स्थानीयबासी र पत्रकारहरूको समेत उपस्थिति रहेको  थियो।


   सोही अवसरमा हिन्दू धर्मावलम्बीको महान् पर्व छठको शुभकामना आदानप्रदान कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा विद्यालयबाट आधारभूत शिक्षा प्राप्त गरी समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका पूर्व विद्यार्थीहरूलाई गमछा ओढाएर कदरपत्रद्वारा सम्मान गरिएको थियो।

No comments:

Post a Comment