Translate

Monday, October 6, 2025

पडरिया टोलका बाढीपीडितलाई राहत वितरण

 




मधेशदूत समाचारदाता---
सर्लाही,असोज २१

  गत शुक्रवार रातिदेखि दुई दिनसम्म भएको अविरल वर्षाबाट प्रभावित चक्रघट्टा गाउँपालिका वडा न–५, पडरिया टोलका करिब २५ घरपरिवारलाई राहत वितरण गरिएको छ।
   सर्लाही क्षेत्र नं. ३ का प्रत्यासी तथा समाजसेवी नरेन्द्र साहको आर्थिक सहयोग र नेपाली कांग्रेस चक्रघट्टा गाउँपालिकाको पहलमा सोमबार पीडित परिवारलाई खाद्यान्न सामग्री प्रदान गरिएको हो।
   राहत वितरण कार्यक्रममा स्थानीय नेतृव र कार्यकर्ताहरूको समेत सहभागिता रहेको थियो।


No comments:

Post a Comment