झुण्डिएको अवस्थामा १७ वर्षीया किशोरी मृत फेला
मधेशदूत समाचारदाता---
सर्लाही,असोज ८
सर्लाहीको गोडैतामा आफ्नै घरमा झुण्डिएको अवस्थामा एक किशोरी मृत फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका वडा न- १०, सिसौटिया बस्ने फेकन साहकी छोरी १७ वर्षीया पुनिता साह मंगलबार आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । कोठामा रहेको पंखामा डोरीले घाँटीमा पासो लगाएको अवस्थामा उनी मृत फेला परेकी हुन् ।
No comments:
Post a Comment