Translate

Friday, September 26, 2025

सर्लाहीमा बजार अनुगमन सुरु अखाद्य वस्तु बेच्ने व्यवसायीलाई लाखौं जरिवाना तिराइयो

 


मधेशदूत समाचारदाता----
सर्लाही , असोज १०

  चाडपर्वका बेलामा हुनसक्ने ठगी र कालोबजारी नियन्त्रणका लागि सर्लाहीमा बजार अनुगमन तिब्र पारिएको छ।
   सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलका अनुसार सदरमुकाम मलंगवा ,लालबन्दी, हरिवन, बयलवास, नवलपुर,बरहथवा, गैर लगायत मुख्य बजार क्षेत्रमा संचालित मासु, खाद्यान्न तथा मिठाई पसललाई विशेष ध्यान दिँदै अनुगमन गरिएको हो।
  अनुगमनको क्रममा अधिकांश पसलमा म्याद गुज्रिसकेको अखाद्य वस्तु बिक्रीका लागि राखिएको, मूल्य सूची नराखेको , सरसफाईमा ध्यान नदिएको जस्ता कमीहरुकमजोरी भेटिएका छन्। यस किसिमको लापरवाही गर्ने व्यवसायीमाथि तीन लाख रुपैयाँसम्म जरिवाना लगाइएको सहायक प्रजिअ  पोखरेलले जानकारी दिएका छन् ।
  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सर्लाहीका प्रमुख भरत पुरीका अनुसार अनुगमनको क्रममा देखिएका लापरवाहीका आधारमा पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराइएको छ। उनले आगामी दिनमा व्यवसायीहरू यस्ता अनियमितता नगर्न सचेत गराइएको बताए।
  जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा उद्योग कार्यालय, पालिका, उद्योग वाणिज्य सङ्घ र प्रहरीलगायतका निकायले संयुक्तरूपमा   बजार अनुगमन गरेका छन् ।


No comments:

Post a Comment