जेनजी आन्दोलनका सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै काँग्रेसले गरे चक्रघट्टा बजारमा दिप प्रज्वलन
मधेशदूत समाचारदाता---
सर्लाही, असोज ४
सर्लाहीको चक्रघट्टा बजारमा शनिवार साँझ जेनजी आन्दोलनमा सहिद भएका सहिदहरू प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै दीप प्रज्वलन गरिएको छ।
नेपाली कांग्रेस चक्रघट्टा गाउँपालिकाको आयोजना गरिएको उक्त कार्यक्रममा भदौ २३ र २४ गते देशभर भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका ७४ जना सहिदलाई सम्झना गरिएको हो। कांग्रेस चक्रघट्टाका कार्यवाहक सभापति रासनारायण ठाकुरले सहिदहरूले देखाएको बलिदानलाई पार्टीले सधैं सम्झिरहने बताएका छन्।
दिप प्रज्वलन कार्यक्रममा बोल्दै नेपाली कांग्रेस चक्रघट्टाका नेता रामजी प्रसाद साहले जेनजी पुस्ताले उठाएका मागहरू जायज रहेको उल्लेख गर्दै भ्रष्टाचारमा लिप्त र अकूत सम्पत्ति आर्जन गर्नेहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।
No comments:
Post a Comment