Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520
ईश्वरपुरमा दिनदहाडै महिला बैंककर्मी लुटियो, डेढ लाख नगदसहित लुटेरा फरार
मधेशदूत समाचारदाता
सर्लाही, असोज ९
सर्लाहीको ईश्वरपुर नगरपालिका–७, भगवानपुरमा दिनदहाडै एक महिला बैंककर्मी लुटपाटको सिकार भएकी छिन्
सूर्योदय लघुवित्तीय संस्थामा कार्यरत ३२ वर्षीया रिंकु कुमारी महतोमाथि बुधबार दिउँसो अज्ञात समूहले आक्रमण गरी नगद रकम लुटेका छन् ।
प्रहरीका अनुसार,विभिन्न ग्राहकबाट किस्ता र ब्याजबापत करिब डेढ लाख रुपैयाँ संकलन गरी फर्कँदै गरेको अवस्थामा दिउँसो करिब १:३० बजे रातो रंगको टीभीएस अपाची मोटरसाइकलमा आएका दुई जना व्यक्तिहरुले हतियार देखाएर महतोले बोकेको झोला खोसेर फरार भएका छन् । प्रत्यक्षदर्शीका अनुसार लुटेरामध्ये एकले खैरो हाफ प्यान्ट र सेतो भेस्ट लगाएका थिए।
No comments:
Post a Comment