Translate

Monday, August 18, 2025

सरकारी गाडीको दुरुपयोग, नागरिकको आपत्ति/📺️ Video सहित

  

पुर्वाधार कार्यालय सर्लाहीको गाडी 


मधेश दूत समाचारदाता –
सर्लाही,भदौ २ 

सर्लाहीको पुर्वाधार कार्यालयको सरकारी नम्बर प्लेट भएको गाडी व्यक्तिगत काममा प्रयोग भइरहेको देखिएपछि स्थानीय नागरिकहरूले आपत्ति जनाएका छन् । सरकारी स्रोत र साधनलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्नु सेवाग्राहीलाई प्रत्यक्ष असर गर्ने गम्भीर लापरबाही भएको उनीहरूको आरोप छ ।
स्थानीयले जनाएअनुसार यस कार्यमा मधेश प्रदेशकै एक उच्च ओहोदाका व्यक्तिसमेत संलग्न रहेका छन् । पदको दुरुपयोग गर्दै नियमविपरीत गतिविधि हुँदा जनचासो बढेको हो ।
कबिलासी–१०, सलेमपुरका युवाहरूले गैरजिम्मेवार ढंगले प्रयोग भएको गाडी नियन्त्रणमा लिएर कबिलासी प्रहरी चौकीमा बुझाएका छन् । गाडी बुझाउँदै उनीहरूले यस विषयलाई गम्भीरतापूर्वक लिएर कारबाही अगाडि बढाउन माग गरेका छन् ।
सिर्फ पुर्वाधार कार्यालयको गाडी मात्र होइन, जिल्लाका अन्य सरकारी कार्यालयका कर्मचारी र जनप्रतिनिधिहरूले पनि सरकारी कामका लागि उपलब्ध गाडीलाई व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने गरेको स्थानीयको भनाइ छ । यसरी हुने दुरुपयोग निन्दनीय मात्र नभई कारबाही योग्य कार्य भएको उनीहरूको जोड छ ।

Video पनि हेर्नुस्👇️





No comments:

Post a Comment