Translate

Wednesday, August 20, 2025

ब्रह्माकुमारी समाज द्वारा भोली मलंगवामा विशाल रक्तदान कार्यक्रम हुने

 


मधेश दूत समाचारदाता---

सर्लाही, भद्र ५।   

  रक्तदान गरौं, जीवन बचाऔं भन्ने नाराका साथ  ब्रह्माकुमारी समाज सेवा प्रभाग, नेपालले मलंगवा नगरपालिका वडा नं. ८ मा विशाल रक्तदान अभियान – २०२५ आयोजना गर्दैछ। 
  कार्यक्रम विश्व बन्धुत्व दिवस र राजयोगिनी प्रकाशमणी दादीज्यूको १८औँ पुण्य तिथी का अवसरमा आयोजना गर्न लागिएको हो।
    वडा न-८ का वडाअध्यक्ष मुकेश जयसवाले रक्तदान कार्यक्रम यही भाद्र ६ गते बिहान ८ बजेदेखि वडा न-८ स्थित ब्रहमभुमी हेल्थ रिसर्च सेन्टर (पुरानो प्रेरणा अफिसको भवन) मा सुरु हुने जानकारी गराएका छन् । उनले सबै स्थानिय बासिन्दा र इच्छुक नागरिकलाई रक्तदान गरी जीवन बचाउने कार्यमा सहभागी हुन आग्रह गरेका छन्।
  


No comments:

Post a Comment