सर्लाहीमा रोपाइँ जारी यसवर्ष ४४ हजार १७५ हेक्टरमा धान खेती हुने अपेक्षा
मधेश दूत समाचारदाता----
सर्लाही, साउन ३० गते।
केही दिनदेखि भइरहेको निरन्तर वर्षाले सर्लाहीका किसानलाई राहत मिलेको छ। रोपाइँ गर्न पाएकाले किसानहरू उत्साहित छन्। धान रोपिएको खेतमा बाली हरियो र सप्रिएको छ भने बाँकी खेतमा रोपाइँ जारी छ।
मधेशसहित तराई क्षेत्रमा थोर बहुत वर्षा भइरहेको छ। अहिलेको वर्षाले किसानको अनुहारमा फेरि मुस्कान ल्याएको छ। साउनको मध्यसम्म खडेरीका कारण सुकेका खेतहरूमा अब हरियो धान लहलहाउन थालेका छन्।
सर्लाहीमा धान रोपाइँ ८० प्रतिशतभन्दा बढी सकिएको छ। बालीमा गाँज आउन थालेपछि किसान मल हाल्न व्यस्त छन्, यद्यपि आवश्यक मात्रामा मलको आपूर्ति भने अपूरो छ। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहाका अनुसार जिल्लामा यस वर्ष ४४ हजार १७५ हेक्टरमा धान खेती हुने अपेक्षा गरिएको छ।
No comments:
Post a Comment