ट्राफिक कार्यालय नवलपुरमा नव निर्मित दुर्गा भगवती मन्दिरको उद्घाटन
मधेश दूत सम्वाददाता---
सर्लाही,भदौ १
सर्लाहीको लालबन्दी नगरपालिका वडा न-१ नवलपुर स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा शनिवार नव निर्मित दुर्गा भगवती मन्दिरको समुद्घाटन तथा प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त धार्मिक कार्यक्रममा प्रहरी, स्थानीय बुद्धिजीवी श्रद्धालु तथा आम नागरिकको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मन्दिर निर्माण तथा प्राण प्रतिष्ठा जस्तो पुण्य कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न निरन्तर सक्रिय भूमिका निर्वाह गर्नु भएको सर्लाही ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक रजोश धिमिरेलाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो ।
No comments:
Post a Comment