HOME

Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520

Thursday, July 2, 2026

कविलासी नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगरपालिका घोषणा



मधेशदूत समाचारदाता---
सर्लाही, असार १८ 

    सर्लाहीको कविलासी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ।
   राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी नगरभित्रका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि बिहीबार आयोजित कार्यक्रममा कविलासी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो।
घोषणा कार्यक्रममा पालिका अन्तर्गतका सबै  स्वास्थ्य चौकीलाई पूर्ण खोप सुनिश्चिततामा योगदान पुर्‍याएको भन्दै प्रमाणपत्र प्रदान गरिएको थियो।
   नगर प्रमुख ब्रह्मदेव रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवल किशोर झा प्रमुख अतिथि, नगर उपप्रमुख पुनम कर्ण तथा प्रमुख प्रशासकीय अधिकृत मनहरि बराल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।


  स्वास्थ्य शाखा प्रमुख संजय कुमार झाले सञ्चालन गरेको कार्यक्रममा विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, पत्रकार तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
   कार्यक्रम कविलासी नगरपालिकाको सभाहलमा सम्पन्न भएको स्वास्थ्य शाखाले जनाएको छ।

No comments:

Post a Comment