Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520
चक्रघट्टा गाउँपालिकाको सौर्य बत्ती भ्रष्टाचार मुद्दामा पूर्व अध्यक्ष विक्रम यादवसहित १३ जनाले पाए सफाइ
मधेशदूत समाचारदाता----
सर्लाही,असार ८
सर्लाहीको चक्रघट्टा गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा जडान गरिएका सौर्य बत्तीसम्बन्धी कथित भ्रष्टाचार (गैरकानुनी लाभ) मुद्दामा विशेष अदालतले पूर्व गाउँपालिका अध्यक्ष विक्रम यादव सहित १३ जना प्रतिवादीलाई सफाइ दिएको छ।
विशेष अदालतमा दर्ता भएको मुद्दा नं. ०८१-CR-०१२३ मा नेपाल सरकार वादी र विक्रम यादवसमेत प्रतिवादी रहेका थिए। अदालतको इजलास नं. २ का सदस्य माननीय न्यायाधीश नारायणप्रसाद पौडेल र सदस्य माननीय न्यायाधीश उमेश कोइराला को संयुक्त इजलासले २०८३ साल असार ८ गते फैसला सुनाउँदै सबै प्रतिवादीलाई सफाइ दिएको हो।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चक्रघट्टा गाउँपालिकामा सौर्य बत्ती जडान कार्यमा अनियमितता भएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अदालतको पछिल्लो फैसलासँगै प्रतिवादीहरूलाई ठूलो राहत पुगेको छ।
फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि अदालतले सफाइ दिनुको आधार, प्रमाणको मूल्याङ्कन तथा कानुनी व्याख्या थप स्पष्ट हुने अपेक्षा गरिएको छ।
No comments:
Post a Comment