HOME

Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520

Wednesday, June 24, 2026

स्वास्थ्य र विकासमा गोडैता नगरपालिकाको फड्को, एकैदिन २० करोडको नगर अस्पताल उद्घाटन सँगै ६८ करोडको बजेट सार्वजनिक

 


मधेशदूत समाचारदाता----

सर्लाही,असार १०

     सर्लाहीको गोडैता नगरपालिका–३ सिमरा भगवतिपुरमा निर्माण सम्पन्न भएको १५ शैयाको गोडैता नगर अस्पताल बुधबार उद्घाटन गरिएको छ। करिब २० करोड ७६ लाख रुपैयाँको लागतमा निर्माण भएको अस्पतालको उद्घाटन नगर प्रमुख देवेन्द्र कुमार यादवले एक कार्यक्रमबीच गरेका हुन्।
   उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले नगरपालिकाले स्वास्थ्य पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै अस्पताल निर्माण सम्पन्न गरेको बताए। उनले अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति, उपकरण तथा गुणस्तरीय स्वास्थ्य सेवाको व्यवस्थापनमा समेत नगरपालिकाले विशेष ध्यान दिने उल्लेख गरे।
हालसम्म सामान्य उपचारका लागि समेत सदरमुकाम मलंगवा तथा अन्य स्थान धाउन बाध्य स्थानीयवासीका लागि अस्पताल सञ्चालन महत्वपूर्ण उपलब्धि मानिएको छ। अस्पताल सञ्चालनसँगै स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध हुने, बिरामीको समय र खर्च बचत हुने तथा स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।


   करिब २० करोड ७६ लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न उक्त अस्पतालले गोडैता नगरपालिकासहित आसपासका क्षेत्रका नागरिकलाई समेत सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।
   यसैबीच, सोही दिन गोडैता नगरपालिकाले १२औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम, आय–व्यय विवरण र बजेट प्रस्तुत गरेको छ। नगर प्रमुख  यादवले आगामी आर्थिक वर्षका लागि ६८ करोड ४४ लाख ४५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्।
   नगरसभामा प्रस्तुत बजेटले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकता दिएको जनाइएको छ।

No comments:

Post a Comment