Translate

Thursday, March 19, 2026

मलंगवाको नासी पोखरीमा डुबेर एक युवकको मृत्यु

 


मधेशदूत समाचारदाता
सर्लाही, चैत ५

सर्लाहीको मलंगवा नगरपालिका–२ स्थित नासी पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार दिउँसो करिब २ बजेको समयमा CTVT प्राविधिक विद्यालय नजिक रहेको उक्त पोखरीमा एक व्यक्ति डुबेको सूचना साँझ ४:४० बजे प्राप्त भएको थियो। सोही सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा खटिएको थियो।
प्रहरी टोलीले स्थानीय मल्लाह (माछा मार्ने) हरूको सहयोगमा साँझ करिब ५:२५ बजे पोखरीबाट शव फेला पारेर बाहिर निकालेको जनाएको छ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई साँझ ६:१० बजे पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जानकारी दिएको छ।
मृतकको पहिचान सर्लाहीको कौडेना गाउँपालिका–२ इनर्वा निवासी स्वर्गीय जय नारायण रायका छोरा अन्दाजी २८ वर्षीय प्रेम कुमार यादवका रूपमा भएको पुष्टि भएको छ। मृतकको सनाखत उनका आफन्त राधेश्याम रायले गरेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईले बताएका छन्।

No comments:

Post a Comment