इशा विक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै चक्रघट्टामा प्रदर्शन
मधेशदूत समाचारदाता---
सर्लाही, चैत २
सुर्खेतको वीरेन्द्रनगर–९ मा भएको इशा विकको हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै सर्लाहीको चक्रघट्टा गाउँपालिका–२ का स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन्।
गाउँपालिका अध्यक्ष पदका प्रत्यासी रोशन यादवको नेतृत्वमा स्थानीय युवाहरूले प्रदर्शन गर्दै सरकारसँग हत्यारालाई कडा सजाय दिन माग गरेका हुन्। प्रदर्शनकारीहरूले इशा विकको तस्वीरसहितका ब्यानर बोकेर न्यायको माग गरेका थिए।
प्रदर्शनका क्रममा उनीहरूले “हत्यारालाई फाँसी देऊ सरकार”, “इशा विकलाई न्याय देऊ” लगायतका नाराबाजी गर्दै पीडित परिवारलाई न्याय दिलाउनुपर्ने बताएका थिए। सहभागीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
प्रदर्शनमा सहभागी स्थानीयले इशा विकप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस्ता घटनाले समाजमा असुरक्षा बढ्दै गएको भन्दै सरकार तथा सम्बन्धित निकायले छिटो छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने बताएका छन्।
No comments:
Post a Comment