Translate

Saturday, March 14, 2026

सर्लाहीमा रहस्यमय तरिकाले बेहुलाको अपहरणपछि हत्या, मृतकको भाइसँग गरियो बेहुलीको विहे




मधेशदूत समाचारदाता---
सर्लाही,चैत १ गते।

      सर्लाहीको विष्णु गाउँपालिका-४ मधुवनगोठमा बिवाहको तयारीमा जुटेका एक परिवारमा खुसीको माहोल रुवावासीमा बदलिएको छ। 
   स्थानीय चुल्हाइ महतोका छोरा २२ वर्षीय सन्तोष महतोको विवाह अघि रहस्यमय तरिकाले अपहरण पछि हत्या गरिएपछि खुसीको माहोल दु:खमा बदलिएको हो।
    बुवा चुल्हाईका अनुसार सन्तोषको विवाह २०८२ साल माघ २३ गते रौतहटको गढीमाई नगरपालिका वडा नं. ७,धर्मपुर टोलमा तय गरिएको थियो। विवाह कार्यक्रम पूरा हुनुअघि, माघ २२ गते राति अन्दाजी १२ बजे आफ्नै घरबाट अचानक बेपत्ता भएका थिए। त्यस्को केही दिन पछि  घर नजिकैको पोखरीमा संतोष मृत अवस्थामा फेला परेका थिए।
   परिवारका अनुसार, मृतक सन्तोषको अपहरणपछि हत्या भएको हो। चारै तिर खोजतलास गर्दा समेत उनी फेला नपरेपछि बाध्य भएर दुबै परिवारको सहमतिमा संतोषको लागि ठिक पारिएकी केटीसँग मृतकको सानो भाइको  विवाह सम्पन्न गरिएको छ। यसले दुबै पक्षका परिवारबीच विवाहको लागि भएको लेनदेन सम्बन्धि विवाद टार्दै परम्परागत तरिकाले समस्या समाधान गरेको ठहरिएको छ।
   मृतककी आमा ६४ वर्षीया मन्तोरीया देवीले प्रहरी समक्ष जाहेरी दिँदै भनेकी छिन्  “स्थानीय मानिसहरूले घटनास्थल देखाएपछि म पनि त्यहाँ पुगेकी थिएँ। प्रहरी आएर पोस्टमार्टमसमेत गरिसकेको छ। हाम्रो परिवारले यस घटनाको पूर्ण सत्य पत्ता लगाउन चाहन्छ।”
   मृतकको शव पोखरीको पानीमा मृत अवस्थामा फेला परेको थियो । जाहेरीमा भनिएको छ, “हामीलाई थाहा छैन मेरो छोरा कसरी र किन मरे। यस सम्बन्धमा सबै तथ्य खोजी गरेर न्याय सुनिश्चित गरियोस्।”


No comments:

Post a Comment