Translate

Saturday, January 31, 2026

राजेश कुमार सिंह : मधेशको मुद्दा र विकासका लागि प्रतिबद्ध नेतृत्व

 

प्रकाश मैनाली ----
सर्लाही,माघ १८ 

   केन्द्रीय समितिको सदस्य तथा मधेश प्रदेशका सह–इन्चार्ज राजेश कुमार सिंहले मधेशका दीर्घकालीन समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ। सर्लाही जिल्लाको बलरा नगरपालिका–७ का स्थायी बासिन्दा सिंह कम्प्युटर इन्जिनियरिङ विषयमा स्नातक अध्ययन पूरा गर्नुभएको छ।
सिंहले २०७२ सालको विनाशकारी भूकम्पपछि नेपाल आयोग संगठनमार्फत उल्लेखनीय सामाजिक सेवा गर्दै आउनुभएको छ। भूकम्पबाट प्रभावित क्षेत्रका करिब ५,००० जना विद्यार्थीलाई भारतका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउन उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। यसका साथै उहाँको पहलमा विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य परीक्षण तथा स्वास्थ्य–सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको थियो।
मधेश प्रदेशबाट समानुपातिकतर्फ पहिलो नम्बरको उम्मेदवार रहनुभएका सिंहले मधेश अझै पनि भौगोलिक, सामाजिक तथा संरचनात्मक रूपमा पछाडि पारिएको भन्दै यसको वास्तविक समस्या पहिचान गरी समाधान गर्नु आवश्यक रहेको धारणा राख्नुभएको छ। उहाँका अनुसार शिक्षा, स्वास्थ्य, रोजगारी, प्रविधि र सुशासनका क्षेत्रमा ठोस सुधार नगरी मधेशको समग्र विकास सम्भव छैन।
भ्रष्टाचारविरुद्ध सशक्त रूपमा आवाज उठाउने बताउँदै सिंहले सुशासन कायम गर्न राजनीतिक नेतृत्व इमानदार र जवाफदेही हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ। साथै, उहाँले समावेशी विकास र समान प्रतिनिधित्व नै लोकतन्त्रको मूल आधार भएको उल्लेख गर्नुभएको छ।
आगामी दिनमा प्रत्यक्ष नेतृत्वदायी भूमिकामा रहेर तथा खुला समानुपातिक प्रतिनिधित्वमार्फत जनताको आवाज संसद र सरकारमा प्रभावकारी रूपमा उठाउने उहाँको लक्ष्य रहेको छ। मधेशका जनताको जीवनस्तर सुधार, युवालाई रोजगारीमा जोड्ने र प्रविधिमैत्री विकासको मार्गतर्फ प्रदेशलाई अघि बढाउने उहाँको प्रतिबद्धता रहेको सिंहले बताउनुभएको छ।


No comments:

Post a Comment