Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520
सर्लाही खेलकुद विकास समितिमा नयाँ अध्यक्ष, रोजित केसीले लिए पदभार
मधेशदूत समाचारदाता----
सर्लाही, कात्तिक १८
लामो समयदेखि रिक्त रहेको सर्लाही जिल्ला खेलकुद विकास समितिले नयाँ अध्यक्ष पाएको छ। मधेश प्रदेश खेलकुद परिषद्को निर्णयअनुसार रोजित केसीलाई समितिको अध्यक्ष पदमा नियुक्ति गरिएको हो।
नवनियुक्त अध्यक्ष केसीले सोमबार मलंगवा-२ स्थित समितिको कार्यालयमा पुर्व श्रम तथा यातायात मन्त्री एवं प्रदेश सांसद कौशल किशोर रायको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पदभार ग्रहण गरेका छन्। उनलाई समितिको कार्यालय प्रमुखले स्वागत गरेका थिए।
पदभार ग्रहण गर्दै अध्यक्ष केसीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सम्मान र संरक्षण गर्ने, जिर्ण अवस्थामा रहेको कार्यालय भवनको मर्मत सम्भार गरेर नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा उपस्थित पुर्वमन्त्री रायले सर्लाही जिल्लालाई खेलाडी उत्पादनको उर्वरभूमि भन्दै, नयाँ अध्यक्ष स्वयं पनि फुटबल खेलको अन्तर्राष्ट्रिय खेलाडी भएको नाताले उनले जिल्लामा उत्कृष्ट खेलाडीहरुको उत्पादन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जिल्लाको नाम उचाल्ने अपेक्षा व्यक्त गरे।
सो अवसरमा वडा नं. २ का वडाअध्यक्ष धिरेन्द्र साह, प्रभुनारायण चौधरी, सचिव गोपाल बहादुर लामा, नेपाली काँग्रेस सर्लाहीका पुर्वसभापति लक्षमण राय,काँग्रेस सर्लाहीका उपाध्यक्ष नवीन अधिकारी,काँग्रेस क्षेत्र नं. १ का सभापति हरि बहादुर लुंगेली, एमाले लालबन्दीका उज्ज्वल कार्की लगायतका नेताहरूले अध्यक्ष केसीलाई सफल कार्यकालको शुभकामना दिँदै खेलकुद विकासमा सक्रिय भूमिका निभाउन सुझाव दिए। वडाअध्यक्ष साहले चालु आर्थिक वर्षमा समितिको लागि १ करोड रुपैयाँ विनियोजन भइसकेको जानकारी पनि दिएका छन्।
खेलकुद विकास समितिको कभर्ड हलमा आयोजित पदभार ग्रहण कार्यक्रममा विभिन्न खेलका प्रशिक्षक, राजनीतिक दलका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।
अन्य पदाधिकारीहरुको चयन भने पछि हुने जनाइएको छ।
No comments:
Post a Comment