Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520
मलंगवामा अस्थायी र करार सेवा सम्झौता रद्द, स्वीकृत दरबन्दी बाहेकका कर्मचारी हटाइने
मधेशदूत समाचारदाता––
सर्लाही,असोज २१
नेपाल सरकारको हालैको निर्णय अनुसार मलंगवा नगरपालिकाले स्वीकृत दरबन्दी बाहेक अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरूको नियुक्ति र सम्झौता रद्द गरेको छ।
नगरपालिकाले जारी गरेको सूचना अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको निर्देशनका आधारमा नेपाल सरकार (मन्त्रीपरिषद) ले मिति २०८२ असोज ५ गतेको बैठकबाट "प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेक अस्थायी तथा करारमा कर्मचारी राख्न नपाइने" भन्ने निर्णय गरेको हो।
उक्त निर्णयको कार्यान्वयनका लागि मलंगवा नगरपालिकाले स्वीकृत दरबन्दी बाहेकका अस्थायी नियुक्त तथा करार सेवामा कार्यरत स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य कर्मचारीहरूको मिति २०८२ असोज १२ गतेदेखि लागु हुने गरी नियुक्ति र सम्झौता रद्द गरिएको प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जनाएको छ।
No comments:
Post a Comment