Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520
दलित विद्यार्थीहरुको शिक्षामा पहुँचको लागि सरोकारवालाहरु बिच समन्वयात्मक अन्तरक्रिया सम्पन्न
मधेशदूत समाचारदाता—
सर्लाही,असोज ३१
दलित विद्यार्थीहरुको शिक्षामा पहुँचको लागि शैक्षिक सरोकारवालाहरु बिच एकदिने समन्वयात्मक अन्तरक्रिया कार्यक्रम सर्लाहीको मलंगवामा सम्पन्न भएको छ ।
बिहिवार मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको कार्यक्रममा सेभ द चिल्ड्रेनको सहयोग तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको संयुक्त साझेदारीमा संचालित नेपाल छात्रवृत्ति कार्यक्रम अन्तर्गत दलित विद्यार्थीहरुलाई प्रदान गरिने छात्रवृत्ति ,बीचमै पढाइ छाड्ने प्रवृत्ति ,विद्यालयमा दिइने दिवा खाजा र विद्यालयमा दलित विद्यार्थीहरु माथि हुने विभेद लगायतका विषयहरुमा सरोकारवालाहरु सँग अन्तरक्रिया गरिएको थियो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष अधिवक्ता राजेश पासवानको अध्यक्षता, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको
प्रमुख आतिथ्यता तथा मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी साहको विशिष्ट आतिथ्यतामा मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा सहभागी अतिथिहरुले दलितको शैक्षिक सवालमा आआफ्नो धारणा राख्दै सुझाव दिएको संस्थाका जिल्ला कार्यक्रम अधिकृत गोविन्द पासवानले जनाएको छ।
No comments:
Post a Comment