HOME

Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520

Tuesday, October 7, 2025

नेजपा द्वारा छठपछि हिन्दु राष्ट्रका लागि देशव्यापी आन्दोलन गर्ने घोषणा

 


मधेशदूत समाचारदाता---
सर्लाही, असोज २२

  नेपाल जनता पार्टीले हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित छठ पर्वपछि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। 
   संगठनका राष्ट्रिय महामन्त्री राजनन्दन प्रसाद चौधरीले यसबारे जानकारी दिँदै भने, “छठ पर्व सम्पन्न भएलगत्तै नेपालभर हिन्दु राष्ट्रका पक्षमा ठूलो आन्दोलन सञ्चालन गर्ने तयारी भइरहेको छ।”
  उनका अनुसार पार्टीले देशका सबै जिल्ला र प्रदेशस्तरमा हिन्दु राष्ट्र पुनःस्थापनाको माग उठाउने योजना बनाएको छ। चौधरीले भने, “धार्मिक आस्था, परम्परा र संस्कृति संरक्षणका लागि नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउनु अपरिहार्य भएको छ। वर्तमान धर्मनिरपेक्ष व्यवस्थाले जनताको भावना र पहिचानलाई कमजोर बनाएको छ।”
   चौधरीले छठ पर्वलाई हिन्दु धर्म र संस्कृतिको प्रतीकका रूपमा सम्मानपूर्वक मनाइने भन्दै त्यसपछि आन्दोलनलाई तीव्र रूपमा अघि बढाउने जनाएका छन्।


No comments:

Post a Comment