सर्लाहीमा माटोको ढिस्कोमा पुरिएर ४ जनाको मृत्यु
मधेशदूत समाचारदाता---
सर्लाही, असोज १५
 |
घटना स्थल |
सर्लाहीको हरिपुर्वा नगरपालिका–१ हर्दी नदी किनारमा बुधबार बिहान माटो खन्ने क्रममा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहान करिब ९:२० बजे माटो खन्ने क्रममा ढिस्को खस्दा महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथाना निवासी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन पुरिएका थिए।
उनीहरूलाई स्थानीयले उद्धार गरी उपचारका लागि मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याए पनि बिहान १०:४५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सह-प्रवक्ता प्रहरी निरिक्षक बालिस्टर सिंहले जनाएको छ।
No comments:
Post a Comment