Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520
सर्लाहीको पर्सा गाउँपालिकामा आधारभूत सेवाको क्रान्ति : घर–घर शुद्ध पानी र गाउँमै स्वास्थ्य सेवा
* फिचर समाचार*
मनोज यादव---
सर्लाही, असोज १२
सर्लाहीको पर्सा गाउँपालिका वा न-४, कबिलासीमा असोज १० गते शुक्रवार दिन अलि फरक थियो। गाउँकै बीचमा भेला भएका स्थानीयको अनुहारमा उत्साह झल्किरहेको थियो। कारण थियो,एकै दिन दुईवटा आधारभूत सेवाको शुभारम्भ। त्यसदिन गाउँपालिकाले “एक घर एक धारा” अभियान अन्तर्गत खानेपानी ट्यांकी सञ्चालनमा ल्यायो भने सोही दिन गाउँकै ठूलो “सफलता (उपकार) गाउँघर क्लिनिक” पनि उद्घाटन गरियो।
कबिलासी गाउँका बासिन्दाहरुले लामो समयदेखि सहज र सुरक्षित खानेपानीको आवश्यकता महसुस गर्दै आएका थिए। गाउँपालिकाले अघि बढाएको “एक घर एक धारा” अभियानले त्यो आवश्यकता पूरा गरेको छ। उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष धिरेन्द्र राय बिस्पतले यसलाई जनताको आधारभूत अधिकार सुनिश्चित गर्ने ऐतिहासिक पहलका रूपमा व्याख्या गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकास पहिलो प्राथमिकता रहेको बताए।
अब ट्यांकी सञ्चालनमा आएसँगै गाउँका घर–घरमा सफा र शुद्ध पानी सहजै पुग्नेछ। गाउँलेहरूले यसलाई दैनिक जीवनमा ठूलो सहजता ल्याउने उपलब्धि मानेका छन्।

उक्त दिन कबिलासीमै “सफलता (उपकार) गाउँघर क्लिनिक” पनि उद्घाटन गरियो । यस क्लिनिकमार्फत स्थानीयले सामान्य उपचार, नियमित परीक्षण, मातृशिशु स्वास्थ्य सेवा र आपतकालीन परामर्श गाउँमै पाउने भएका छन्।
उपाध्यक्ष नुतन देवी मण्डलले ग्रामीण भेगका महिला, बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा यस क्लिनिकले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेकी छिन् । उनले खानेपानी र स्वास्थ्यलाई विकासको आधार मान्दै गाउँपालिकाको पहललाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता पनि जनाएकी छिन्।
उक्त ऐतिहासिक कार्यक्रममा वडाध्यक्ष, महिला सदस्य, समाजसेवी, राजनीतिकर्मी र स्थानीयवासीहरहको उल्लेखनीय उपस्थिति रहेको थियो। स्थानीयवासीका अनुसार खानेपानी ट्यांकी र गाउँघर क्लिनिक दुवै सञ्चालनमा आएपछि गाउँमा आधारभूत सेवाको पहुँच बढेको छ। उनीहरूले यसलाई ऐतिहासिक उपलब्धि बताएका छन्।
No comments:
Post a Comment