HOME

Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520

Friday, September 26, 2025

रेडियो स्मार्ट तेस्रो वर्षमा प्रवेश

 


मधेशदूत समाचारदाता---
सर्लाही, असोज ९

   सर्लाहीको बरहथवा नगरपालिका वडा न–५ बाट प्रसारण हुँदै आएको रेडियो स्मार्ट १०७.८ मेगाहर्ज तेस्रो वर्षमा प्रवेश गरेको छ। रेडियोले आफ्नो दुई वर्षको सफल प्रसारण यात्रा पूरा गर्दै तेस्रो वर्षमा प्रवेश गरेको हो। 
 रिमझिम मिडिया नेटवर्क प्रा. लि. अन्तर्गत सञ्चालित यस एफएमले सूचना, मनोरञ्जन, गीतसंगीत र संवादात्मक कार्यक्रममार्फत स्थानीय समुदायसँग निरन्तर सम्पर्क कायम गर्दै आएको छ।
   सञ्चालकका अनुसार रेडियो स्मार्टले आगामी दिनमा अझ विविध र गुणस्तरीय कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। रेडियोले स्थानीय जनताको आवश्यकता र रुचिअनुसार कार्यक्रमहरु तयार गर्दै समाजसँगको सम्बन्ध अझ बलियो बनाउन जोड दिने जनाएको छ।


No comments:

Post a Comment