Gmail-naveenbisphot@gmail.com what's app-9864030511☎️9807669520
मधेसका किसानले सरकारले दिने भनेको राहत नपाउँदा निराश
उषा किरण पोखरेल---
सर्लाही, असोज ६
यस वर्ष लामो खडेरीले प्रभावित मधेस प्रदेशलाई प्रदेश तथा संघीय सरकारले सुख्खा क्षेत्र घोषणा गरे पनि किसानले अपेक्षित राहत पाएका छैनन्। सरकारको आश्वासनअनुसार राहत हातमा नपरेपछि किसान निराश बनेका छन्।
नागरिक समाज सर्लाहीका महासचिव समेत रहेका बसवरिया गाउँपालिका वडा न- ३ किसान शिवचन्द्र चौधरीले "मधेश प्रदेशलाई संघ र प्रदेश सरकारले सुख्खा क्षेत्र घोषणा गरेपछि राहत पाउने आशा गरेका थियौँ तर अझैसम्म केही नपाउँदा निराश भएका छौं भने”।
धान रोप्ने समयमा सरकारले राहत दिने आश्वासन दिएको भए पनि हालसम्म केही नपाएको किसानहरूको गुनासो छ। कबिलासी नगरपालिका वडा न–७ का किसान रजनीकान्त झाका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई ५०० लिटर डिजेल दिने घोषणा गरे पनि त्यो झुक्याउने प्रचारबाहेक केही नभएको देखिएको छ।
यस्तै लालबन्दी न.पा वडा न-५ का किसान चिरञ्जीवी खतिवडाले पनि “प्रदेश सरकारले स्थानीयलाई खानेपानीको लागि ट्यांकरमार्फत आपूर्ति गर्ने काम त गर्यो, तर किसानले भने भनिएको राहत हालसम्म पाएका छैनन्,” भन्दै असन्तुष्टि पोखेका छन्।
उता मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन क्षेत्रीले संघीय र प्रदेश सरकारले पहल त गरेकै हो तर बजेट व्यवस्थापन नहुँदा राहत वितरणमा ढिलाइ भएको बताएका छन्।
कृषिप्रधान देशमा अधिकांश नागरिकको मुख्य पेसा कृषिमै आधारित रहेकोले सरकारले सस्तो लोकप्रियताका लागि मात्र नभई किसानको हातमा राहत पुर्याउने खालको नीति बनाउन आवश्यक भएको सरोकारवालाहरूको भनाइ छ।
No comments:
Post a Comment