Translate

Friday, August 15, 2025

सर्लाहीको हरिपुर्वामा गोली प्रहार, एक जनाको मृत्यु

 


मधेश दूत डेस्क---


सर्लाही,साउन ३०

   शुक्रवार राति सर्लाहीको हरिपुर्वामा भएको गोली प्रहारमा एक जनाको मृत्यु भएको छ।
   प्रहरीका अनुसार, राति करिब ८:२० बजे हरिपुर्वा नगरपालिका वडा न–६ निवासी महादेव यादवका ४० वर्षीय छोरा रामपुकार यादवलाई केही अपरिचित व्यक्तिहरुले  गोली प्रहार गरेका थिए। टाउकोमा गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्काल पर्साको जानकी हेल्थ केयरमा लगिएको थियो।
  उपचारका क्रममा राति करिब ८:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।
   घटनापछि गोली प्रहार गर्ने व्यक्तिहरुको पहिचान र घटनाको कारण पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय सर्लाहीले छानबिन सुरु गरेको जनाएको छ।


No comments:

Post a Comment